Srijanshil Saving and Credit Cooperative Ltd.

About Us

देशमा फैलिएको आन्तरीक द्धन्दका कारण कञ्चनपुर जिल्लाका स्थानिय क्षेत्रमा वित्तिय सेवा पुर्याउदै आएका बिभिन्न वित्तिय संस्थाहरु जिल्लाको सदरमुकाम महेन्द्रनगर पलायन भई स्थानिय व्यापार व्यवसायीहरुलाई आफ्नो व्यापार व्यवसाय विस्तार गर्न वित्तिय कठिनाई भईरहेको बेलामा स्थानिय स्रोत साधन र छरिएर रहेको स–सानो पूंजीलाई एकत्रित गर्ने तथा एकत्रित पूंजीलाई सदस्यहरुमै लगानी गरी संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरिरहेका सदस्यहरु माझ छिटोछरितो भरपर्दो सेवा सदस्यको घरदैलोमै पुर्याउने उद्देश्यले यस क्षेत्रका स्थानिय युवाहरुको सक्रिय सहभागितामा महाकाली अञ्चल कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर देखि १८ कि.मि. उत्तरपुर्वमा अवस्थीत झलारी बजारमा मिति २०६५ साल ३ महिना १० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय कञ्चनपुरको द.न २१६÷०६४÷०६५ मा विधिवत रुपमा दर्ता भई २५ जना व्यक्तिहरुको सहयोगमा रु १,३२,००० को शेयर पुंजी बाट तत्कालिन झलारी र पिपलाडी गा.वि.स. कार्यक्षेत्र रहने गरी यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो ।
संस्था दर्ता पश्चात् २०६५ श्रावण ५ गते देखि संस्थाले एक जना कार्यालय सचिव नियूक्त गरी झलारी बजारमै आफ्नो कार्यालय स्थापना गरी दैनिक रुपमा आफ्ना सदस्यलाई सेवा पुर्याउदै जांदा २०६५÷०६६ मा नेपाल सरकार बाट उपभोक्ता पसल स्थापनाका लागि दिईएको अनुदान पनि संस्थाले प्राप्त गरी उपभोक्ता पसल मार्फत् रसायनिक मलखाद सुपथ मूल्यमा उपलब्ध गराउंदै आएको थियो । संस्थाको सदस्य बृद्धि साथ साथै कारोवार तथा सम्पतिको पनि निरन्तर रुपमा बृद्धि भईरहेको छ । संस्थाले आफ्नो कारोबार गर्ने शिलशिलामा विभिन्न संघ संस्थाहरु संग समन्वय तथा सम्बन्ध विस्तार भएको छ । संस्थाको आवद्धता जिल्ला सहकारी संघ लि., जिल्ला बचत तथा ऋण सहकारी संघ लि., नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लि., प्रदेश बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकमा रहेको छ । आवद्ध संघ संस्था माफर््त संस्थाले समय समयमा विभिन्न तालिम गोष्ठी तथा अध्ययन अवलोकन भ्रमणहरुमा सहभागी जनाउने अवसर प्राप्त गरेको छ । संस्थाको आफ्नो आन्तरिक पूंजीले मात्र सदस्यको वित्तिय समस्या सामाधान गर्न कठिनाई हुंदा संस्थाले अन्य वित्तिय संस्थाहरु संग वित्तिय सहकार्य गरी सदस्यको समस्या सामाधान गर्दै आईरहेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न कार्यक्रमहरुको आयोजना गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले बचत तथा ऋणका साथसाथै विभिन्न कम्पनीहरु संग सहकार्य गरी विप्रेशण सेवा तथा एल.आई.सी. नेपाल तथा सिटिजन लाईफ संगको सहकार्यमा जिवन बिमा तथा ऋण बिमा सम्बन्धी सेवा पनि आफ्ना सदस्यहरुलाई दिदैं आईरहेको छ ।
संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा कार्यक्षेत्रको रुपमा कञ्चनपुर, कैलाली र डडेल्धुरा गरी ३ जिल्लामा कार्यक्षेत्र स्वीकृत गरी सेवा उपलब्ध गराउंदै आएको छ ।