Vision (परिकल्पना):
- “उत्कृष्ट सेवा प्रदायक सक्षम एवम दिगो सहकारी संस्था”
Mission (अभियान):
- “सदस्यहरुको आर्थिक तथा सामाजिक सम्बृद्धिका लागि सहकारी सिद्धान्तमा आधारित सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने संस्था”
Main Rule & Regulations (मुख्य मूल्यमान्यताहरु):
- ईमान्दारिता ः– निति र निर्णय बमोजिम काम गर्ने ।
- पारदर्शिता ः– वित्तिय एवं अन्य सम्पूर्ण कुराहरु जस्ताको त्यस्तै राख्ने ।
- जवाफदेहिता ः– काम र परिमाणको जिम्मेवारी लिने ।
- व्यवसायिक ः– समुदायमा आधारित सदस्यहरुको बिचमा गर्ने सेवा मुखी व्यवसाय ।
- एक्यबद्धता ः– एकका लागि सबै र सबैका लागि एकको मर्म अनुसार संस्था सञ्चालन गर्ने ।
- सामुहिक कार्य ः– संचालक समिति तथा कर्मचारीले जिम्मेवारीहरु मिलेर पुरा गर्ने ।
- गुणस्तरिय सेवा ः– वित्तिय कारोवारको लागि पहिलो रोजाईको संस्था निर्माण ।
Major Objectives (संस्थाका प्रमुख उद्देश्यहरु):
- (क) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने, सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
- (ख) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
- (ग) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
- (घ) सदस्यलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग, तालिम, अवलोकन भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने
- (ङ) दातृ संस्थावाट कुनै सर्त नराखी प्राप्त हुने अनुदान रकम स्वीकार गर्ने ।
- (च) आफ्नो उद्देश्य पुरा गर्नका लागी समान उद्देश्य भएका स्थानिय, क्षेत्रिय राष्ट्रिय र अन्तराष्ट्रि«य संस्था हरु संग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।
- (छ) सदस्यहरुका लागी तथा संस्थागत विकासका लागी आयआर्जन परियोजना संचालन गर्ने ।
- (ज) समाजमा रहेका कमजोर वर्ग र निम्न आय भएका व्यक्तिहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
- (झ) सदस्यहरुले गरिरहेको कृषिमा उत्पादन बढाउन, ब्यवसायिक रुपमा कृषि कार्यक्रमहरु सञ्चालन गर्न कृषि बिकास योजना तयार गरी सदस्यहरु लाई कृषि पेशामा आबद्ध गराउन उत्पे्ररित गर्ने साथै कृषि सम्बन्धि परियोजना सञ्चालन गर्ने,
- (ञ) उन्नत बिउ बिजन, रसायनिक मलखाद तथा दैनिक उपभोग्य बस्तुहरुको बिक्री बितरण सुपथ मुल्य उपभोक्ता पसल बाट सञ्चालन गर्ने ।
- (ट) सदस्यहरुलाई सीपमूलक तालिमको अवसर प्रदानगरी व्यावसायिक सीप अभिवृद्धि गर्ने ।
- (ठ) शिक्षा, स्वास्थ्य, आवास, यातायात, कृषि, उद्योग, पर्यटन, ब्यापार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धी काममा सदस्यहरुलाई व्यक्तिगत वा सामुहिक रुपमा ऋण प्रवाह गर्ने साथै सदस्यहरुको आवश्यकता तथा माग बमोजिम संस्था आफैले सम्बन्धित निकायबाट अनुमती लिई उपरोक्त परियोजनाहरु सञ्चालन गर्ने ।
- (ड) सदस्यहरुलाई सूचना प्रवाह गरी व्यावसायीक ज्ञान र अवसरमा पहुँच बढाउने काम गर्ने र सदस्यहरुलाई सानातिना जोखिमबाट जोगाउन सदस्यहरु लाई सामुहिक सहयोग उपलब्ध गराउने संस्थागत कोषको प्रबन्ध गर्ने ।
- (ढ) कारोवारको मुनाफाबाट केही अंश छुट्याई सदस्यहरु एवं तिनका परिवारका सदस्यहरुलाई रचनात्मक कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने ।